मायादेवी अनलाइन, कोपवा ।
कपिलवस्तुको वाणगंगा ६ कोपवा बैदौलीमा अवस्थित ज्ञानज्योती शिक्षा सदनकी छात्रा नविना पौडेल छात्रा तर्फ जिल्ला प्रथम भएकी छिन् । एसईई परिक्षा २०७५ को शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार पौडेलले ३.८५ जिपिए ल्याएर छात्रा तर्फ कपिलवस्तु प्रथम भएको विद्यालयले दाबी गरेको छ ।
एसईई परिक्षामा सहभागी भएका मध्ये २ जना ए प्लस, ७ जना ए, ११ वि प्लस ल्याएर उत्त्रीर्ण भएको विद्यालयका प्रिन्सिपल ठाकुर पोख्रेलले जानकारी दिनुभयो ।
यस बर्ष कपिलवस्तुको नीजि विद्यालयको नतिजा त्यति राम्रो आएको छैन् । यद्यपि ज्ञानज्योती शिक्षा सदनले राम्रो नतिजा निकालेको छ । छात्रा तर्फ कपिलवस्तु दोस्रो हुन सफल यो विद्यालय नीजि विद्यालय तर्फ पहिलो भएको छ ।

शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार जिल्ला प्रथम सामुदायिक विद्यालयका छात्र अमृत पाण्डे भएका छन् । उनी वाणगंगा ४ गजेहडा स्थित वाणगंगा माविका छात्र हुन् । उनले कक्षा १ देखि नै सामुदायिक विद्यालयको अध्ययन गर्दै आएका छात्र हुन् । पाण्डेले ३.९ जिपिए ल्याएका छन् ।






प्रतिक्रिया