८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रेमगीत -३ को लागि छानिइन् कृष्टिना गुरुङ



काठमाडौं ।
सन्तोष सेनले निर्माण(निर्देशन गर्न लागेको नेपाली चलचित्र प्रेम गीत(३ का लागि नायिका छनोट गरिएको छ। नायक प्रदीप खड्काको अपोजिटमा दर्शकले कृष्टिना गुरूङलाई देख्ने भएका छन्। प्रेम गीतका लागि खुला आवेदन माग गरिएको थियो। जसमा २७१४ जनाले आवेदन दिएका थिए। तिनै प्रतिस्पर्धीबाट सुरुमा २५ छानिएकामा कृष्टिनालाई फाइनल गरिएको सेनले जानकारी दिए। ुनायिकाका लागि आवेदन भरेकामध्ये कृष्टिना नै उपयुक्त कलाकार हुन् ुउनले भने, ुउत्कृष्ट २५ को नामावली सार्वजनिक गरेपछि सबैले आफ्नो रोजाइ अनुसार ुतेश्रो गीत यो बन्‍नु पर्नेु मत दर्शकले राख्नुभएको थियो। विभिन्‍न आइरहेका थिए तर हामी चलचित्र सुहाउँदो पात्रको खोजीमा थियौँ।ु ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले संयुक्त निर्देशन गर्दैछन्। छेतेन र मन्दीप गौतमले फिल्मको कथा लेखेका हुन् । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा ठुलो बजेटमा बन्दैछ। जसमा प्रदीप खड्का, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा र अनुभव रेग्मीसहितको अभिनय रहनेछ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  २ : ४४ बजे