९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

लोकसेवाको विज्ञापन विरुद्ध उत्रिएकासँग प्रहरीको झडप



काठमाडौं ।
लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आन्दोलनमा रहेका आदिवासी जनजातीको समूहमाथि प्रहरीले बल प्रयोग गरेको छ। काठमाडौं भद्रकालीमा आइतबार प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। त्यसरी निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको छ। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। केही महिना पहिले जारी लोकसेवाको विज्ञापन संविधान विपरीत भएको तथा समावेशी र समानुपातिक नभएको भन्दै आदिवासी जनजाती धर्ना लगायतका विरोध प्रदर्शनमा उत्रिएका छन्। यता लोकसेवाले भने परीक्षा लिइरहेको छ।

प्रकाशित मिति : २६ श्रावण २०७६ आइतबार ००:००  २ : २६ बजे