९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

छाया सरकारका गृहमन्त्रीले भेटे रवि लामिछानेलाई



चितवन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडू चितवनका पुगेका छन्। त्यहाँ पुगेर उनले प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग भेट गरेका छन्। उनले त्यसक्रममा निष्पक्ष छानविन गर्न आग्रह गरेका छन्। भेटमा छाया सरकारका गृहमन्त्री बडूलृ बिनापूर्वाग्रह छानविन अनुरोध गरे त्यसपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका टेलिभिजन रवि लामिछानेलाई समेत भेट गरेका छन्। त्यसक्रममा हिरासतमा रहेका उनले पनि छानबिनमा सघाउन तयार रहेको बताएका बडूले सञ्चारकर्मीसँग बताएका छन्। जिल्ला अदालत चितवनले लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न शुक्रवार आदेश दिएको थियो। प्रहरीले १० दिनको म्याद मागेको थियो। जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीवारको मितिबाट थप पाँच दिन थुनामा राख्न अनुमति दिएका हुन्। पत्रकार शालिकराम पुडासैनी साउन २० गते चितवनकै भरतपुरस्थित एक होटेलमा मृत भेटिएका थिए। उनको मोबाइलमा भेटिएको भिडियोमा रविसहित युवराज र अस्मिताका कारण ज्यान दिन बाध्य भएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७६ शनिबार ००:००  १ : ५५ बजे