२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

धारिलो हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या



गोरखा ।

गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २० वर्षीय याकुव परियारले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

शनिबार राति १० बजेतिर श्रीमती पूजा परियारमाथि खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

परियार मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए । उनले औषधि सेवन गर्न छोडेको एक महिना भएको र यसैबीचमा घटना भएको प्रहरीले जनाएको छ ।

परियारलाई प्रहरीले राति नै पक्राउ गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०७६ आइतबार ००:००  ९ : १४ बजे