२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी



चितवन ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्। पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। सम्झना आफैँले सञ्चारकर्मी लामिछानेसहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्की्विरुद्ध पनि किटानी दिएकी हुन्। जाहेरी काठमाडौंमार्फत चितवन आउने मल्लले बताए।
पुडासैनीले मृत्यु हुनुभन्दा अघि रेकर्ड गरेको भनिएको भिडियो सामाग्रीमा आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ। गएको साउन २० गत्ते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

प्रकाशित मिति : १ भदौ २०७६ आइतबार ००:००  १ : ४३ बजे