१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नवनियुक्त क्याम्पस प्रमुख पाण्डेयलाई स्वागत



कपिलवस्तु ।
कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवामा नव नियुत्त भएका क्याम्पस प्रमुख डा. विनय पाण्डेयलाई स्वागत तथा वधाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रमुख पाण्डेयले क्याम्पसको हकहितको लागि आफुले काम गर्ने बताए । साथै उनले सवै पक्ष संग मिलेर आफुले काम गर्ने प्रतिवद्धता व्यात्त गरे । पाण्डेयले शैक्षिक गुणस्तर नै क्याम्पसको सूचक रहेको हुंदा सबै मिलेर शैक्षिक गुणस्तर विकासको लागी लाग्नुपर्ने बताए । क्याम्पस संचालन समितिका अध्यक्ष रामदास गुप्ताले नव नियुत्त क्याम्पस प्रमुखले सबै पक्षलाई समेटेर क्याम्पसको विकासमा योगदान दिनुपर्ने बताए । क्याम्पस सबैको साझा संस्था भएकोले प्रमुखले अशल क्रियाकलाप गरी शैक्षिक गुणस्तर तर्फ लाग्नु पर्ने बताए । उपप्राध्यापक भक्तिराम पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा पुर्व क्याम्पस प्रमुख नवराज तिवारी, विष्णुदेव यादव प्राध्यापक संघका अध्यक्ष विष्णु बहादुर सिंह रायमाझि लगायतले बधाई तथा कार्यकालको शुभकामना व्यात्त गरेका थिए । जिल्लाको जेठो क्याम्पसमा स्नाकोक्तर सम्म कक्षाहरु संचालन हुदै आएका छ ।

प्रकाशित मिति : १ भदौ २०७६ आइतबार ००:००  ७ : ११ बजे