चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
कपिलवस्तुका दुई विद्यालयले ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘इन्टरनेश्नल स्कुल अवार्ड’ (आइएसए प्रमाण पत्र) प्राप्त गर्न सफल भएका छन् । सामुदायिक विद्यालय तर्फ बाणगंगा-४ गजेहडामा रहेको बाणगंगा मावि र संस्थागत विद्यालय तर्फ बाणगंगा २ राजपुरमा रहेको ज्ञानपुञ्ज बोर्डिङ स्कुलले आएएसए प्रमाण पत्र पाएका हुन् ।
यो पनि पढ्नुहोस
ज्ञानपुञ्जमा ‘आईएसए’ गतिविधि जारी, शैक्षिक गतिविधिमा उल्लेख्य सुधार
पाठ्यक्रम विकास केन्द्र र ब्रिटिस काउन्सिलले काठमाण्डौँको होटल याक एण्ड यतिमा मंगलबार विशेष कार्यक्रमको आयोजना गरी देशभरबाट आइएसए जोर्नीमा रहेका विद्यालयहरुबाट उनीहरुले गरेको पफमेन्सका आधारमा मुल्यांकन गरी ‘इन्टरनेश्नल स्कुल अवार्ड’ प्रदान गरिएको हो ।
देशभरबाट १२५ विद्यालय सो जर्नीमा रहेकामा जम्मा २५ विद्यालयले मात्र सो प्रमाणपत्र पाएका ब्रिटिस काउन्सिलले जनाएको छ । सो कार्यक्रममा बाणगंगा माविका प्रधानाध्यापक राम प्रसाद भण्डारी, ज्ञानपुञ्ज स्कुलका प्रिन्सिपल रोमाकान्त घिमिर तथा कार्यक्रम संयोजक गोविन्द पोख्रेल सहभागी भई ‘इन्टरनेश्नल स्कुल अवार्ड’ ग्रहण गर्नुभएको थियो ।
यो पनि हेर्नुहोस
विद्यालयमै ‘आटो र ढिँडो’ बनाउन कला सिकाउने नमुना विद्यालय !
प्रमाण पत्र ग्रहण गरेपछि मायादेवी अनलाइनसंग प्रधानाध्यापकद्धयले खुसी बाँड्नु भएको छ । उहाँहरुले भन्नुभएको छ–“यो विद्यालयको मात्र नभई जिल्लाबासीको लागि नै खुसीको कुरा हो । देशभरका २५ विद्यालयमा पर्नु सामान्य कुरा थिएन । यसले अझै उत्तरदायी भएर विद्यार्थीहरुलाई ‘गरेर सिक’ भन्ने मान्यतासंग नजिक बनाउन पुलको काम गरेको छ । आइएसए जर्नीमा गरेको मिहिनेतको फल अहिले पाएका छौँ । यसमा अहारोत्र मिहिनेत गर्ने सबै धन्यबादको पात्र हुनहुन्छ ।”
उहाँहरुले अब आफूहरुले यस सिकाइलाई जिल्लाका अन्य विद्यालयमा लैजान नेतृत्व प्राप्त गर्न सफल भएकाले अरु विद्यालयमा पनि यो कार्यक्रम छिटै लैजने बताउनु भयो । अब यो अवार्ड प्राप्त विद्यालय अन्र्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने नेपाली विद्यालयमा अंकित भएका छन् । सन् २०२२ सम्म यसको ‘भेलिडिटी’ रहेको संयोजक गोविन्द पोख्रेलले जानकारी दिनुभयो ।
आइएसए जर्नीको क्रममा विद्यालयलका विद्यार्थीहरुले फोहरलाई मोहर बनाउने तरिका, राष्ट्रिय तथा अन्र्तर्राष्ट्रिय खानाका परिकारसहितको खाना महोत्सव, प्लाष्टिकजन्य वस्तुबाट बहुमुल्य चिजहरु बनाउने, सूचना प्रविधिमा विशेष काम लगायतका गतिविधि सम्पन्न गरेका थिए ।
यो पनि हेर्नुहोस
वाणगंगा मावि गजेहडा ‘आईएसए’ गतिविधिसंगै नमुना बन्दै
यिनै काममा उत्कृष्ट ठहर गर्दै यो प्रमाण पत्र प्रदान गरिएको हो । यसका साथै विद्यालयको शैक्षिक उन्नतिलाई पनि सो प्रमाण पत्रको लागि मुल्यांकनमा राखिएको थियो । यो प्रमाणपत्र पाएपछि यी विद्यालयहरुले देशविदेशमा सिकाई आदान प्रदान गर्न बिभिन्न भ्रमण गर्न पाउने लगायतका अवसर पाउने छन् भने ब्रिटिस काउन्सिलले विशेष आर्थिक सहयोग पनि गर्ने छ ।
यो पनि
वाणगंगा मावि गजेहडा ‘आईएसए’ गतिविधिसंगै नमुना बन्दै
यो सफलतापछि अब र्यालीसहित भव्य कार्यक्रमको आयोजना गरी यो कार्यक्रमबारे जिल्लाभर प्रचार गर्ने ज्ञानपुञ्ज स्कुलका प्रिन्सिपल घिमिरेले बताउनु भयो । यी २ विद्यालय जिल्लामा हुने शैक्षिक, सामाजिक तथा खेलकुदका गतिविधिमा पनि अग्रणी रहेका छन् ।
यता पनि छ
ज्ञानपुञ्ज खाना महोत्सवः विद्यार्थीले बनाए मुखै रसाउने बिभिन्न परिकार(फोटो फिचर)






प्रतिक्रिया