८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

स्काइलार्कद्धारा कपिलवस्तुमा पहिलोपटक ‘एस क्यू सी लुम्बिनी हब सम्मेलन’ सम्पन्न



मायादेवी अनलाइन, कपिलवस्तु ।
‘एस क्यू सी लुम्बिनी हब सम्मेलन’ लाई प्रदेश नं. ५ कै हब सम्मेलनको रुपमा परिणत गर्नुपर्नेमा कपिलवस्तु र रुपन्देहीका जनप्रतिनिधि तथा शिक्षाप्रेमिहरुले जोड दिएका छन् । कोएष्ट नेपाल अन्तरगत कपिलवस्तुको बाणगंगा ११ ओदारीस्थित स्काइलार्क इङलिस बोर्डिङ स्कुलमा २ दिनसम्म चलेको छैठौ सम्मेलनमा बोल्ने वक्ताहरुले सम्मलेन विद्यार्थी, अभिभावक तथा शिक्षकहरुको लागि निकै उपयोगी भएकाले यसलाई प्रदेशकै सम्मेलन बनाउँदा राम्रो हुने बताएका हुन् ।
उद्घाटन र समापन समारोहका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारु र जिल्ला शिक्षा समन्वयका प्रमुख थानेश्वर घिमिरे यस किसिमको कार्यक्रमले विद्यार्थीहरुले अध्ययनलाई मात्र प्राथमिकता नदिई यस किसिमका अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउनुपर्ने कुरामा जोड दिएकाले यसको आयामलाई अझै फराकिलो बनाउनु पर्ने बताउनु बताउनु भयो । कपिलवस्तु तथा रुपन्देहीका गरी १५ वटा विद्यालयहरुको सहभागितामा सम्पन्न सम्मेलनमा एस.क्यू.सी.हब सम्मेलन कपिलवस्तु जिल्लामै नयाँ कार्यक्रम भएको हुदा यसको प्रचार आवश्यक भएको प्रमुख अतिथि मेयर थारुले बताउनु भयो ।
वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्याल, नगर शिक्षा अधिकृत खिम बहादुर जिसी, प्यावसनका अध्यक्ष शिव गैरे, बिभिन्न विद्यालयका प्राचार्य तथा शिक्षाप्रेमी महानुभावहरुले पनि सम्मेलन निकै नयाँ भएको भन्दै स्काइलार्क बोर्डि«लाई विशेष धन्यबाद दिनुभयो । यसपटक यस जिल्लाका विद्यालयको कम सहभागिता रहेको र आगामी दिनहरु यसलाई बढाउनु पर्नेमा वडाध्यक्ष अर्यालको भनाई छ ।यो सम्मेलन कपिलवस्तुमा पहिलोपटक भएको हो ।

लुम्बिनी एस.क्यू.सी.हब संयोजक मिलन भण्डारीले एस.क्यू.सी.को महत्वमा प्रकाश पार्दै कोएस्ट नेपालका संस्थापक प्रो. डा. दिनेश चापागाँईको सन्देश सुनाउनु भएको थियो । एस.क्यू.सी. अन्तरगतका नन् कम्पिटेटीभ तथा कोलाबोरेटीभ कम्पिटेटीभ गरी ६ वटा कार्यक्रमहरुमा विभाजन गरिएको थियो । जसमध्ये प्यानल छलफल तथा घटना अध्ययन कथा निर्माण, बाचन कला, हाजिरी जवाफ प्रतिस्पर्धा लगायतका क्रियाकलापमा रुपन्देही र कपिलवस्तुका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । कोलाबोरेटीभ कम्पिटेटीभ कोलाजमा आदर्श ई.बो.स्कूल, क.व.का आयुष अधिकारी तथा शान्ति नमुना मा.वि.का सन्देश ठकुरीको समूह प्रथम, स्काईलार्क ई.बो. स्कूल, क.व.की दिपीका गैरे र शान्ति नमुना मा.वि.का हृतिक कुवँर द्धितिय तथा स्काईलार्क ई.बो.स्कूल क.व.का निर्देश सुवेदी र शान्ति नमुना मा.वि.का बिनय भट्टराईको समूहले तृतीय स्थान हासिल गरेको थियो ।
कथा निर्माण प्रतियोगितामा शान्ति नमुना मा.वि.का मोहित खनाल र समिक्षा ज्ञवालीको समूह प्रथम, द्धितीय स्थानमा सोही विद्यालयका आकृति ज्ञवाली र आस्था बस्याल तथा बालज्योति इ.बो.स्कूलका अनन्त ढकाल र शान्ति नमुना मा.वि.की प्रजीता गौतमको समूह तृतीय भएको थियो । त्यसैगरी हाजिरी जवाफ प्रतियोगितामा बुद्धदीप ई.बो.स्कूल, रुपन्देहीका अश्विन पौडेल र शान्ति नमूना मा.वि., रुपन्देहीका संजीव भण्डारीको समूह प्रथम, हथौसा लिटिल स्टार, कपिलवस्तुका रामकृष्ण अधिकारी र शान्ति नमुना मा.वि.का आयुष सुवेदीको समूह द्धितीय र स्काईलार्क क.व.का रमेश क्षेत्री र शान्ति नमुनाका शौगात बस्यालको समूहले तृतीय स्थान हासिल गरेको थियो ।
स्पोकन वर्ड पोयट्रीमा बालज्योतिका कृपा पोख्रेल र शान्ति नमुनाका क्रमशः जर्ज रावल, युवराज काफ्ले र गंगा भण्डारीको समूह प्रथम, स्काईलार्ककी बन्दना शुक्ला, आदर्शका नम्रता शापकोटा, शान्ति नमुनाकी प्रविणा अधिकारी र दुर्गा शैक्षिक गृहकी रक्षा भण्डारीको समूह द्धितीय तथा ड्रिम भिजनका क्रमशः समिक्षा खत्री, सुजन खनाल, बुद्ध दीपकी रचना पौडेल, आदर्शकी पूजा खत्री र स्काईलार्क इं.बो.की समीक्षा गैरेको समूह तृतीय भएको थियो । स्काइलार्क बोर्डिङका अध्यक्ष तोलाकान्त डुम्रेले सभापतित्वमा सम्पन्न कार्यक्रममा डुम्रेले कपिलवस्तुमै नमूनाको रुपमा सञ्चालित एस क्यू सी लुम्बिनी हब सम्मेलनले जिल्लामा नयाँ सन्देश दिएको बताउनु भयो । उहाँले सबै विद्यालयको सक्रियतामा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको भन्दै धन्यबाद दिनुभयो । उहाँले आगामी दिनहरुमा एस क्यू सी लुम्बिनी हब सम्मेलनलाई प्रदेश नं. ५ कै हब सम्मेलनको रुपमा परिणत गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।

प्रकाशित मिति : १७ भदौ २०७६ मंगलबार ००:००  ७ : ४८ बजे