१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

पाल्पामा कार्यरत १४१ शिक्षकको जागिर गयो



पाल्पा । 
जिल्लामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित भएका छन् । प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १४१ शिक्षकको जागीर गुमेको छ ।
बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाले पुराना शिक्षक विस्थापन गरी दुई सय ६३ नयाँ शिक्षक नियुक्ति गरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रमेशराज पौडेलले बताए । उनले भने, “१४१ जागीरबाटै विस्थापित भएका छन् भने कार्यरतमध्ये ५५ जना शिक्षक सेवा दरबन्दीमा नाम निकाल्न सफल भएको र बाँकी सात जना बाहिरी जिल्लामा नाम निकालेर गएका छन् ।”
रामपुर नगरपालिकामा १७, तानसेन नगरपालिकामा १५, निस्दी गाउँपालिका ४६, पूर्वखोलामा २१, बगनासकालीमा १५, माथागढीमा ३८, रम्भामा २६, रिब्दीकोटामा २५, रैनादेवी छहरामा ३९, तिनाउमा २१ ले नयाँ नियुक्ति बुझेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६ शुक्रबार ००:००  १२ : ४५ बजे