८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चिसो बढेपछि धनगढीमा विद्यालय बन्द



धनगढी ।
शीतलहरका कारण अत्यधिक चिसो बढेपछि कैलालीको धनगढी उपमहानगरपालिकाले दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ। धनगढी उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहीबार र शुक्रबार बन्द गर्ने निर्णय गरेको हो। सबै सरोकारवालासँग छलफलपछि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख नृप ओडले जानकारी दिए। उनले शनिवारको मौसमपछि फेरि के गर्ने भन्ने विषयमा भने छलफल हुने बताए। उता कञ्चनपुरको भीमदत्त नगरपालिले पनि बुधबार सूचना जारी गर्दै बिहीबार र शुक्रबार विद्यालय बन्द हुने जानकारी गराएको थियो।

प्रकाशित मिति : ३ पुस २०७६ बिहिबार ००:००  १२ : ५१ बजे