७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

साविक सौराहलाई बाल बिवाह मुक्त वडा घोषणा गराउने अभियान



कपिलवस्तु, ९ असोज ।
जिल्लाको मायादेबी गाउपालिका– ४ अभिरावलाई जिल्लाको पहिलो बाल बिवाहमुक्त घोषणा गरिए संग जिल्लामा बाल बिवाह मुक्तका लागि जिल्लाका अन्य स्थानीय तहका वडाहरु पनि घोषणा गराउनमा जुटेका छन ।
यसै क्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौराहालाई बालविवाह मुक्त वडा घोषणा गराउने अभियान थालनी गरिएको छ । वडा कार्यालय र साथी संस्थाको आस्था परियोजनाको अगुवाईमा वडालाई बालविवाह मुक्त घोषणा गर्ने प्रक्रिया अगाडी बढाउन थालिएको हो ।
वडा कार्यालयमा आयोजित जनप्रतिनिधी सहितको सर्वपक्षिय बैठकले सो बिषयको निर्णय गरेको हो । बैठकमा आगामी पौष महिनाको अबधीमा वडालाई बालबिवाहमुक्त घोषणा गर्ने गरि अगाडी बढिएको जनाईएको छ ।
सोका लागी वडास्तरमा सरोकारवाला निकायको छनौट सगै तीन महिने कार्ययोजना निर्माणको कार्य समेत सम्पन्न भएको छ । वडालाई बालबिवाह मुक्त बनाउने अभियानमा सचेतना प्रवाहमा सहयोग गर्ने महिला स्वास्थ्य स्वयंसेविका पुष्पा तेलीले बताउनुभयो ।
मुक्त घोषणा प्रकियाका लागी जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु नगरपालिका, जिल्ला समन्वय समिती, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला शिक्षा कार्यालय, सुनौलो हजार दिन सञ्चार अभियान, सुआहारा, सेभ द चिल्ड्रन लगायतका संस्था सँग समन्वय गरि अगाडी बढने निर्णय भएको पुरुष सहयात्री समुहका सदस्य सन्तोष हरिजनले बताउनुभयो ।
त्यसै गरि समुहले तथ्याङ्क संकलन गर्ने, टोलस्तरमा निगरानी समिती गठन गर्ने, सचेतना प्रवाहका कार्यक्रम संचालन गर्नेछन । सुचक निर्माण गर्ने, घटना भए तत्कालै अनुगमन गर्ने, वडास्तरमा स्वयंसेविका तथा महिला समुहलाई परिचालन गर्ने, जिल्ला श्रोत समितीमा बिषयबस्तुबारे जानकारी दिने, जिल्लास्तरको अगुगमन गर्ने तथा बालबिवाहमुक्त घोषणा गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  १ : ३३ बजे