१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सुनको भाउ घट्यो



काठमाण्डौ ।
सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँले घटेको छ । सुनको भाउ आइतबार तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर सुन तोलाको ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आइतबार तोलाको आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६ आइतबार ००:००  १२ : ४३ बजे