१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

११ र १२ मा गणित विषयमा देखिएको विवाद अध्ययन गर्न समिति गठन



काठमाडौं ।
कक्षा ११ र १२ मा गणित तथा कम्प्युटर विषय अध्ययन गराउने विषयमा देखिएको विवादबारे अध्ययन गर्न पाठ्यक्रम विकास केन्द्रले समिति गठन गरेको छ।
गणित र कम्प्युटर विषयलाई अनिवार्य बनाउने पर्ने माग बढेपछि अध्ययन गर्न केन्द्रले समिति गठन गरेको हो।
समितिमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक सुवर्ण शाक्य संयोजक छन्। सदस्यमा सानोठिमी क्याम्पसका रमाकान्त पाण्डे, प्रकाश खतिवडा, पाठ्यक्रम विकास केन्द्रका गणित तथा विज्ञान शाखाका निर्देशक प्रमिला वखती छन्।

उनीहरुलाई सराकोरवालासँग छलफल गरेर एक साताभित्रमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। केन्द्रले यसै वर्षदेखि विद्यालय तहमा नयाँ पाठ्यक्रम लागु गर्दैछ।
कक्षा ११ र १२ मा गणित विषयलाई ऐच्छिक बनाइएको छ। गणित विषयलाई अनिवार्य बनाउनुपर्ने भन्दै यस विषयका विज्ञले असन्तुष्टि जनाएका थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०७६ बुधबार ००:००  ६ : १७ बजे