८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

वाणगंगामा सुरु भयो दादुरा रुबेला विरुद्धको खोप अभियान



मायादेवी अनलाइन चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा बुधबारबाट दादुरा, रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । वाणगंगाको वडा नम्बर ११ बाट अभियानको सुभारम्भ गरिएको हो । हथौसा खोप केन्द्रबाट सुरु गरिएको खोप अभियान नगरका सम्पूर्ण वडामा संचालन गरिने छ ।
अभियानकोे नगर उप-प्रमुख चक्रपाणि अर्यालले उद्घाटन गर्नुभएको हो । वालवालिकाहरुको तौल जाँच गरी उनीहरुलाई खोप लगाईएको थियो । पहिलो दिन वडा नं. ११ का ७० जना वालवालिकाहरुलाई दादुरा, रुवेला विरुद्धको खोप लगाईएको छ ।
बुधबारबाट चैत ८ गतेसम्म ११ वटै वडामा उक्त कार्यक्रम गरि नगरका प्रत्येक वालवालिकाहरुलाई खोप लगाईने गरी चिकित्सकहरु परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नगर उप-प्रमुख अर्यालले यसरी नै नगरका हरेक वडाहरुमा कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनुभयो । उहाले नगरलाई नै पुर्ण खोप नगर घोषणा गर्ने अभियान अन्तर्गत यो कार्यक्रम ल्याएको बताउनुभयो ।
वडा अध्यक्ष सोमनाथ अर्यालले दादुरा रुवेला खोप सबै वालवालिकाहरुले पाउनुपर्ने भन्दै पुर्ण खोप, पूर्ण स्तनपान तथा पुर्ण घटना दर्ता नगर बनाउँने अभियानका साथ वडामा प्रभावकारी रुपमा विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।
वडा अध्यक्ष अर्यालले पुर्ण खोप वडाका लागि वडा सधै प्रतिवद्ध रहेको भन्दै कोही पनि वालवालिका छुट्न नहुने बताउनुभयो । वडा अध्यक्ष अर्यालको अध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य वाज बुल नैन शाह, जगनारायण थारु, वडा कमिटी अध्यक्ष मधु बेल्बासे, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यता तथा वडावासीको उपस्थिती रहेको थियो ।
यस अघि पहिलो र दोस्रो चरण गरी जिल्लाका ८ वटा स्थानीय तहमा खोप अभियान चलाईको छ भने वाणगंगा र कपिलवस्तु नगरपालिकामा तेस्रो चरण अन्तरगत बुधबारबाट खोप अभियान संचालन गरिएको हो ।
सन् २०२३ सम्ममा नेपालबाट दादुरा र रुबेला निवारण गर्नुपर्ने लक्ष्यअनुसार दादुरा र रुवेलाविरुद्धको खोप दिन लागिएको सरकारले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६ बिहिबार ००:००  ६ : ०३ बजे