२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

कपिलवस्तु जेसिजले गर्‍यो अस्पताल परिसरमा बृक्षारोपण



मायादेवी अनलाइन, चारनम्बर ।
शुक्रबार विश्व वातावरण दिवस कपिलवस्तु जेसिजले पनि मनाएको छ । जुन ५ अर्थात विश्व वातावरण दिवसको अवसरमा सामुदायिक अस्पताल परिसरमा बृक्षारोपण गरी कपिलवस्तुले जेसिजले दिवस मनाएको हो ।

विश्व वातावरण दिवसका सन्दर्भमा ‘एक जेसिज सदस्य, एक विरुवा’ भन्ने अभियानका साथ बृक्षारोपण गरिएको जनाएको छ । विश्व वातावरण दिवस “सुरक्षित जीवनको लागि जैविक विविधता” भन्ने नाराका साथ नेपाल लगाएत विश्व भर मनाइदै छ ।

जेसिजका दीगो विकास लक्ष्य थिम संयोजक अमृत घिमिरेले कोरोना महामारीको बेला वातावरण संरक्षण गर्नु आवश्यकता देखिएकोले सवै राष्ट्रले दीगो र सन्तुलित विकासमा जोड दिदै प्रकृति संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा कपिलवस्तु जेसिजका पूर्व अध्यक्ष उमानाथ पौडेल, वर्तमान अध्यक्ष मनोज कुमार खत्री, कानुनी सल्लाहकार चन्द्रकान्त पोख्रेल, महासचिव प्रविन पौडेल, जेसिजको दीगो विकास लक्ष्य संयोजक अमृत घिमिरे, शाखा सम्पादक दिनेश क्षेत्री लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  १ : १७ बजे