२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सुस्मिता हत्याकाण्डः कपिलवस्तुमा चर्को रुपमा उठ्यो फाँसीको सजाय माग



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा ८ बोडगाउँबाट संवैधानिक रुपमा राज्यमा फासीको सजाय मागको आवाज चर्को रुपमा उठेको छ । हेटौँडामा हत्या भएकी सुस्मिताको न्यायको लागि मेची महाकाली बुहारी संयुक्त आवाजले बोडगाउँस्थित घरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले अब मुलुकमा फाँसीको सजाय हुनुपर्ने माग गरेका हुन् । सुस्मिता जस्ता नारी र अन्य निर्दोश ब्यक्तिहरुको श्रृङ्खलावद्ध हत्या भइरहेको हुँदा अब कानुनी रुपमै फाँसीको सजाय हुनु पर्ने माग गरिएको छ ।

सुस्मिताकी आमा लक्ष्मी केसीले आफ्नो छोरीको हत्यारालाई फाँसीको सजाय दिनुपर्ने माग गर्नु भयो । उहाँले भन्नुभयो, ‘मैले भन्दैमा छोरीका हत्यारालाई फाँसीको सजाय त हुँदैन तर अब पनि यो ब्यवस्था भएन भने हजारौँ सुस्मिताहरु यसैगरी अकालमा मृत्युवरण गर्न विवश भइरहने छन् । अरु आमाहरु मजस्तै नबनून् र अरु छोरीहरु मेरी छोरीजस्तै नबनून् भन्नको लागि यो ब्यवस्था कानुन तहः हुनैै पर्दछ ।’

उहाँले निर्मला बलात्कार हत्याकाण्ड जस्तै लुक्ने हो कि भन्ने डर लागेको अवस्थामा हेटौँडा प्रहरीले निकै राम्रो काम गरेको भन्दै धन्यबाद दिनुभयो । उहाँले अब छोरी चेलीलाई घरमा सिमित गर्न नहुने भन्दै बाहिरी कुराको ज्ञान दिनु पर्ने बताउनु भयो । छोरीहरुलाई सक्षम नबनाउने हो भने चाहे सक्षम र सवृद्ध परिवार होओस् चाहे विपन्न परिवार होओस् त्यहाँ नारीहरुले हिंसा पीडा सहनु पर्दछ भन्दै आजैबाट छोरीहरुलाई घरभित्र सिमित नगर्न अनुरोध गर्नु भयो ।

प्रमुख अतिथि कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले घटनामा संलग्न सबैलाई कानुनी दायरामा नल्याउँदासम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो । मेची महाकाली बुहारी संयुक्त आवाज अभियानले सुसस्मताको न्यायको लागि विर्सनै नसक्ने गुन लगाएकोमा धन्यबाद दिनुभयो । पौडेलले सुस्मिताको हत्यामा संलग्न भनिने ज्वाईलाई पनि तुरुन्त कानुनी कठघरमा ल्याउन माग गर्नुभयो ।

अभियानकी प्रवक्ता तथा महिला नेतृ मञ्जु खाँणले कानुन नभएको देशमा बाँच्न विवश भएको भन्दै धिक्कार्नु भयो । यो मुलुकमा जतिसुकै हत्या, हिंसा र आतंक भए पनि दोषी उम्कने र पीडितले न्याय नपाउने श्रृङखला चलिरहेको भन्दै अब फाँसीको सजायविना यस्ता घटनाक्रममा कमी नआउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सुस्मिताको हत्याले मानव जातिकै मानवताको धज्जी उडेको भन्दै यो भत्सर्ना गरेर कमी नहुने घटना हो । यसका दोषी सबैलाई फासीको सजाय दिनु पर्दछ । तर, विडम्बना यो ब्यवस्था छैन् । अब सुस्मिताको न्यायको यही आवाजले फासीको ब्यवस्था गगराउन दबाब दिनु पर्दछ ।’

देशभरी नारी हिंसा र पीडामा अभियान चलाउन भन्दै आउनु भएकी उहाँले अब छोरीचेलीलाई सक्षम बनाउनुपर्ने बताउनु भयो । खाली पढ्पढ्, संस्कारी बन, आदर्श बन भन्ने संस्कार हटाउँदै उनीहरुलाई सक्षम बनाउन लाग्नुहोस्, बाहिरी कुरा थाहा नपाएसम्म पढेर केही हुँदैन उहाँले भन्नुभयो । उहाँले यस्ता आवाज बोकर देशब्यापी रुपमा हिँडेको भन्दै सुस्मितालाई न्याय दिलाएरै छोड्ने बताउनु भयो ।

बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भुसाल र सदस्य गीता भुसालले सुस्मितालाई न्याय नदिलाउँदासम्म आफुहरु चुप नलाग्ने बताउनु भयो । घटनामा संलग्न सबैलाई कानुनी कठघरामा ल्याउन उहाँहरुले माग गर्नुभयो । उहाँहरुले अब छोरीबुहारी र चेलीलाई घरमा सिमित राख्न नहुने बताउँदै सक्षम बनाउन भन्नुभयो । उहाँहरुले पनि अब राज्यमा अपराधीहरुको लागि कानुन संशोधन गरेरै भए पनि नयाँ ब्यवस्था गर्नु पर्ने भनाई राख्नु भयो ।

अधिकारकर्मी सूर्यहरी मरहट्ठाले जुनसुकै हत्यारालाई पनि अब फाँसीको सजाय आवश्यक रहेको बताउनु भयो । यो मुलकुमा गणतन्त्र, लोकतन्त्र इत्यादी भनेर काम लागेन अब जघन्य अपराध गर्नेलाई फाँसी हुनै पर्दछ । त्यसको लागि सुस्मिता हत्याको घटना मूर्त रुपमा उठाउनु पर्दछ उहाँले भन्नुभयो ।

उहाँले सम्पत्तिको लोभमा यो हत्या भएकाले यसबारे ब्यापक जनचेतनाको आवश्यकता रहेो बताउनु भयो । अब उनले पाउनु पर्ने सम्पतिबाट सार्वजनिक ट्रस बनाउनु पर्ने उहाँको भनाई छ । कार्यक्रममा सुस्मिताको तस्विरमा श्रद्धाञ्जली दिइएको थियो भने चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो । मेची महाकाली बुहारी संयुक्त आवाज कपिलवस्तुको अध्यक्षमा चन्द्रा अर्यालको अध्यक्षतामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा प्रचण्ड घामका बाबजुत पनि सुस्मिताको न्यायको लागि सयौँ महिला दिदीबहिनी तथा सरोकारवालाको सहभागीता थियो । सबैले हत्यारालाई उम्कन दिन नहुने भन्दै फाँसी दिन माग गरेका छन् । असार १ गते भएको सुस्मिताको हत्या निकै क्रुर र विभत्स भएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

यो पनि पढ्नुहोस सुस्मिता हत्याकाण्डः विमा रकममा र्‍याल काढ्ने ज्वाँइलाई किन हत्कडी लागेन ? अग्नी परीक्षामा एसपी राठौर !

कपिलवस्तुकी सुस्मिताको हत्या गर्ने सासु, ससुरा र दुई नन्द सार्वजनिक

सुस्मिताको हत्या भएको १३ औँ दिनमा दीप प्रज्वलन, छिटो हत्यारा सार्वजनिक गर्न माग

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  २ : ५९ बजे