रेडियो   टिभी

सुस्मिताको हत्या भएको १३ औँ दिनमा दीप प्रज्वलन, छिटो हत्यारा सार्वजनिक गर्न माग


मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँकी सुस्मिता थापाको हत्या भएको १३ औँ दिनमा आइतबार मैनवत्ति प्रज्वलन भएको छ । १३ औँ दिन पारेर हत्यारालाई चाँडै सार्वजनिक गर्न माग गर्दै घरमा मैनवत्ति प्रज्वलन गरिएको हो ।

सुस्मिताको हत्या भएको आज १३ दिन पुगेको छ । महिला अधिकारकर्मीको आयोजनामा भएको सो अनौपचारिक कार्यक्रममा सयौँको स्थानीयको सहभागिता थियो । निकै भावुक रुपमा बोल्दै सुस्मिताकी आमा लक्ष्मी केसीले छोरीको हत्यारालाई चाँडो सार्वजनिक गर्न माग गर्नुभयो ।

महिला अधिकारकर्मी तथा वडा नम्बर ८ की वडा सदस्य गीता भुसालले देश नै सुस्मिताको न्यायको पक्षमा रहेकाले हत्याराले उन्मुक्ति पाउन नसक्ने बताउनु भयो ।

सुस्मिताका ठुला बुबा हुम बहादुर थापाले हत्यारालाई कडाभन्दा कडा सजायको माग गर्नुभएो छ । हत्यारालाई कानुनी कठघरामा नल्याएसम्म न्यायको आवाज बन्द नहुने पनि उहाँले बताउनु भएको छ ।

हत्या विभत्स तवरले भएको हुँदा देशब्यापी भत्र्सना पनि भइरहेको छ । अहिलेसम्म हत्या आरोपमा २ जनालाई प्रहरीले पक्राऊ गरिसकेको भए पनि सार्वजनिक गरेको छैन । सुस्मिताका आमाबुबा र सरोकारवाला तिनपटकसम्म हेटौँडा पुगेर दबाब दिइरहेका छन् । प्रहरीले केही दिनमै हत्यारा सार्वजनिक गर्ने बताएको छ ।

यो पनि पढ्नुहोस

सुष्माका हत्यारा तीन चार दिनमै सार्वजनिक हुन्छन्ः एसपी राठौर

प्रतिक्रिया दिनुहोस