४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सुस्मिता हत्याकाण्डः विमा रकममा र्‍याल काढ्ने ज्वाँइलाई किन हत्कडी लागेन ? अग्नी परीक्षामा एसपी राठौर !



मायादेवी अनलाइन, चार नम्बर ।
सुस्मिता थापाको क्रुर हत्यामा प्रत्यक्ष संलग्न भएका परिवारका ४ जना सार्वजनिक भए पनि पीडित पक्ष भने शान्त हुन सकेका छैनन् । सोमबार जिल्ला प्रहरी कार्यालय हैटौँडाले सुस्म्तिाको हत्यामा संलग्न भएका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, जेठी नन्द दुर्गा थापा कार्की र कान्छी नन्द सिता थापालाई सोमबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको थियो । ४ जना सार्वजनिक भए पनि यसले आफूलाई न्याए नदिने भन्दै सुस्मिताकी आमा लक्ष्मी थापाले घटनाको मुख्य योजनाकार भनिएको ज्वाई भुपेन्द्र कार्कीलाई नसमातिएसम्म छोरीले न्याए नपाउने र आफूहरु शान्त नहुने बताउनु बताउनु भएको छ ।

पत्रकार सम्मेलनमा प्रहरीले दिएको जानकारीमा चित्त नबुझेपछि फेरि पीडित पक्ष र एसपी शुशिलसिंह राठौरबीच आन्तरिक छलफल भएको थियो । त्यो छलफलमा लक्ष्मी थापाले घटनाको अर्को योजनाकार सुस्मिताकी जेठी नन्दका श्रीमान्, ससुराका ज्वाईँ रहनुमा २ मत नभएको भन्दै उसलाई किन नसमातिएको भनेर प्रश्न गर्नु भएको थियो । आफूलाई न्याय दिन एसपी राठौरले महत्वपूर्ण भूमिका खेलेकोमा धन्यबाद दिँदै ज्वाँईलाई पनि चाँडै समात्न लक्ष्मीले विन्ति गर्नुभएको हो । यस्तै सुस्मिताका ठुलो बुबाले पनि ज्वाईलाई समातेपछि मात्र आफूहरुले न्याए पाउने बताउनु भयो ।

एसपी राठौरले यो पछि कपिलवस्तु, हैटौँडा मात्र नभएर सिंगो मुलुक स्तब्ध भएकाले आफ्नो विश्वास गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरो विश्वास गर्नुहोस्, ज्वाई भन्नेको हत्यामा संलग्नता भएको अहिले केही प्रमाण् छैन । उक्त दिन पनि उसको तयहाँ संलग्नता देखिएको छैन । पीडित र समाजले उसको संलग्नता बताउँछ । प्रमाण खोज्दै छु । प्रमाण भेट्नासाथ पक्राऊ गर्दछु ।’ हत्यामा संलग्न सबैको संजाल पत्ता लगाउन मोबाइल केन्द्रिय अपराध अनुसन्धान विभाग काठमाण्डौँमा पुगिसकेको र सानो पनि लिंक पाइएको खण्डमा सेकेण्डमै ज्वाई भुपेन्द्र कार्कीलाई हत्कडी लगाउने एसपी राठौरले बचन दिनुभएको छ ।

सुस्मिता हत्याकाण्ड अन्यभन्दा फरक खालको क्रुर र जघन्य हत्या भएकाले देशभरका छोरीचेली र बुहारीले भोली यस्तो नियति भोग्न नपारोस् भनेर हामी लागिरहेका छौँ । हामीलाई सूक्ष्म अनुसन्धान गर्न दिनूस् राठौरले भन्नुभयो ‘जागिर् जाओस् यस्ता अभियुक्तलाई बच्न दिँदैन । कुनै पनि यस हत्यामा संलग्नले राजनैतिक संरक्षण पाउँदैन । म पनि निकै भावुक छु । दुखी छु । ’ एसपी राठौरको यो बचनपछि मलिन मुद्रामा रहेका पीडित पक्ष केही आशा बोकेर कपिलवस्तु फर्केका छन् । प्रहरीले अझै केही दिन पर्खन अनुरोध गर्दै यो बीचमा थप नयाँ कुरा पत्ता लाग्ने बतायो । सबैले अहिले राठौरको अग्नी परीक्षको समय भएको बताउँछन् ।
ज्वाँई यसकारण योजनाकार
सुस्मिताले पाउने विमा रकममा च्वाँखे थाप्ने र र्याल काढ्ने प्रमुख पात्र ज्वाइ नै रहेको बताइएको छ । सुस्मिताका श्रीमानको सवारी दुर्घटना भएपछि उनले गरेको मोटो विमारकमबारे उनले परिवारबाट थाहा पाएका थिए । त्यसपछि त्यो रकम हत्याउन उनले र्याल काढेका बताइन्छ । सुस्मिताको माइती पक्षका अनुसार हत्या योजना एक हप्ताअघि देखि नै भएको पाइन्छ । जेठी नन्द दुर्गा थापाका श्रीमानको काठमाण्डौँस्थित घर छ । त्यही घरमा गएर परिवारले हत्या योजना बनाएका थिए ।

आफू लुकेर ससुरा र श्रीमतीलाई कार्कीले भरपुर प्रयोग गरेको बताइएको छ । आफू बच्न उनले आफ्नै श्रीमती, ससुरा, साली र ससुरालाई बिभिन्न गतिविधिमा संलग्न गराएको स्थानीय बताउँछन् । श्रीमान्को विमा रकम सुस्मिताले पहिले नै पाइसक्नु पर्नेमा यतिखेरसम्म नपाउनुमा ज्वाँइकै रणनीतिले काम गरेको देखिन्छ ।

ज्वाइँले घटना घटाउनकै लागि जेठी नन्द दुर्गा थापालाई हेटौँडाको माइतीघरमा धेरै समय बस्न पठाउने गरेको घटनाक्रमले बुझाउँछ । दुईजना मिलेर पटकपटक सुस्मितालाई मानसिक तनाव दिएको पीडित पक्षको आरोप छ । ज्वाई पक्राऊ हुन बाँकी छ । अरु पक्राउ परिसकेका छन् ।

कुनै विद्यालयको हेड मास्टरसमेत रहेका ससुराले पटकपटक सुस्म्तिामाथि बलात्कार प्रयास गरेको र त्यो सार्वजनिक हुने डरले अन्तिममा हत्यामा संलग्न भएको प्रहरीको भनाई छ । हत्या हुँदा सबैभन्दा बढी यातना दिने काममा उनै ससुरा प्रकाश र दुई नन्द बढी लागि परेका प्रहरीले जानकारी गराइसकेको छ भने सासुले बचाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा छ ।

कसले के भने ?

पीडित पक्षको तर्फबाट कपिलवस्तुबाट गएको पत्रकारसहितको टोली र हेटौँडाका सरोकारवालाले पनि ज्वाई नसमातिएपछि प्रहरी अनुसन्धानमा प्रश्न गर्नु पर्ने स्थिति आएको बताउँछन् । बाग्मती प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुर अध्यक्ष, बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष गुणनिधि भुसाल, कपिलवस्तु उद्योग बाणिज्यसंघका अध्यक्ष उमानाथ पौडेल, उद्योगी हुमनाथ पौडेल लगायत सबैले ज्वाईलाई समात्नै पर्ने बताउनु भयो ।

मेची महाकाली बुहारी संजालकी प्रवक्ता मञ्जु खाँणले पनि ज्वाईलाई प्रहरीले हतकडी नलाएसम्म आफूहरुको आन्दोलन मत्थर नहुने बताउनु भयो । उहाँले पनि ज्वाँइ यस योजनाको खतरनाक योजनाकार भएको मायादेवी रेडियालाई बताउनु भयो । स्थानीय समाज सेवी तथा उद्योग संघका केन्द्रिय सदस्य राज कुमारले पनि प्रहरीले चाँडो ज्वाँईलाई सार्वजनिक गर्नु पर्ने माग राख्नुभयो ।

केही स्थानीयले हत्याराहरुको साँठगाँठ उच्च तहका नेता र मन्त्रीसंग रहेका कारण घटनालाई दबाउन र उम्कन जे पनि गर्न सक्ने भन्दै पछि नहट्न सुस्मिताकी आमालाई अनुरोध समेत गरेका छन् । पत्रकार सम्मेलन भइरहरहँदा मुसलधारे बर्षाकोबीच प्रहरीको गेटबाहिर प्रदर्शन गरेका महिला अधिकारकर्मीले पनि यस्तै खालका नारा लगाइरहेका थिए । ज्वाईलाई तुरुन्त पक्राऊ गरी सार्वजनिक गर्न भन्दै स्थानीय महिला अधिकार कर्मी, स्थानीय बासी, पत्रकार र संघसंस्थाका प्रमुखले पनि दबाब दिइरहेका छन् ।

हेटौँडाबाट फर्किएपछि……

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  १० : ३३ बजे