रेडियो   टिभी

कपिलवस्तुकी सुस्मिताको हत्या गर्ने सासु, ससुरा र दुई नन्द सार्वजनिक


मकवानपुर ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुस्मिता केसी थापाको हत्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । मृतक केसीको हत्यामा उनकै ५८ बर्षीय ससुरा प्रकाश थापा, २३ बर्षीया कान्छि नन्द सीता थापा, ५० बर्षीया सासु तुलसा थापा र २७ बर्षीया जेठी नन्द दुर्गा थापा संलग्न देखिएको मकवानपुर प्रहरीले जनाएको छ ।

कपिलवस्तुको वाणगंगा माइती भएकी सुस्मितालाई आफ्नै घरको भान्सा कोठामा ससुरा, सासु र कान्छि नन्दले लाठि, लोरोलगायतले टाउकोमा हिर्काएर मारेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जेठी नन्द दुर्गा थापा भने त्यसदिन काठमाडौँ भएको प्रहरीले जनाएको छ । हेटौँडा उप-महानगरपालिका वडा नम्वर ४ घर भएकी २६ बर्षकी थापा असार २ गते मृत अवस्थामा फेला परेकी थिईन् ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट सुस्मितालाई ससुरा प्रकाश थापाले केही दिन अघि बाथरुममा यौन दूर्व्यवहारको प्रयास समेत गरेको खुलेको छ । अभियुक्तहरुलाई जन्मकैदको सजाँय माग गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस