१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

कपिलवस्तुमा ३७ किलो चरेशसहित दुई महिला पक्राउ



कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका स्थित बसपार्क नजिकै भारत लाने तयारीमा रहेको ३७ किलो चरेशसहित २ जना महिला पक्राउ परेका छन्।

बुधबार दिउँसो २ बजेतिर प्रहरीले निगरानी गर्दै पिछा गर्नेक्रममा मकवानपुर मनोहरी गाउँपालिका–९ की ४० वर्षीया शान्ती तामाङ र साविक जिल्ला रोल्पा उवा गाबिस–५ घर भई हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका–५ बानियाभरकी ३५ वर्षीया बसन्ती घर्तीलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए। महिलाहरुले झोलाभित्र प्लाष्टिकको थैली बनाएर चरेश राखेका थिए।

नियन्त्रणमा लिईएका महिलालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको उनले बताए।

प्रकाशित मिति : ७ आश्विन २०७७ बुधबार ००:००  ३ : ४७ बजे