१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

शैक्षिक संस्था लगायतका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति



काठमाडौं ।

सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ। कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि स्थगित भएका परीक्षा अब सञ्चालन गर्ने बाटो खुला भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सक्ने स्वीकृति दिएको हो। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहले अपनाउने भनेका स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागू गर्नुपर्नेछ।

यस्तै, सरकारले तालिम सञ्चालन गर्न सक्ने पनि अनुमति दिएको छ। व्यवसायिक तालिम सञ्चालन गर्ने संस्थाहरूले अब २५ जनाभन्दा कम मानिस सहभागी गराएर छोटो समयका लागि तालिम लिन सक्ने सरकारले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७७ बुधबार ००:००  १ : ५९ बजे