२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कक्षा १२ को परीक्षा मंसिर दोस्रो सातादेखि



काठमाडौं ।

कक्षा–१२ को परीक्षा मंसिर दोस्रो साताबाट सुरु हुने भएको छ। लकडाउनमा रोकिएको परीक्षा मंसिर दोस्रो साताबाट सुरु गर्ने निर्णय भइसकेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा चन्द्रमणि पौडेलले बताएका छन्। परीक्षासम्बन्धी कार्यविधि तीन दिनभित्रमा सार्वजनिक गर्ने उनले बताए।

‘बोर्डको बैठकले धेरै समय सम्म कक्षा १२ को परीक्षा धकेलिएकोले मंसिरको दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ,’उनले भने,‘कति प्रतिशत मूल्यांकन र प्रयोगात्मकको आधारमा परीक्षा सञ्चालन गर्ने भन्ने बारेमा कार्यविधि बन्दै छ। सार्वजनिक भएपछि सबैलाई जानकारी गराउँछौँ। त्यसपछि कसरी परीक्षा दिन सकिने सबै जानकारी हुन्छ।’

बोर्डले कोरोना संक्रमणको स्थिति सामान्य बन्दै गएमा दसैँअघि नै परीक्षा सञ्चालन गर्ने तयारी थालेको थियो। तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति नदिएकाले परीक्षा रोकिएको थियो।

प्रकाशित मिति : ४ कार्तिक २०७७ मंगलबार ००:००  ३ : ३४ बजे