२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कम्युनिष्ट पार्टीका दाङका संस्थापक गौतमको निधन



दाङ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ। विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर लागिरहेका गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो। उनी नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए। उनको अन्तिम दाहासंस्कार आजै दाङको शङ्खेपिपलमा ११ बजे गरिने भएको छ। रासस

प्रकाशित मिति : २४ मंसिर २०७७ बुधबार ००:००  १ : ३५ बजे