८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

ओली पक्षिय केन्द्रिय कमिटीको बैठक बालुवाटारमा बस्दै



काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सोमबार (आज)का लागि बैठक डाकेका थिए।

ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा नेता माधवकुमार नेपाल समूहका सदस्यहरू भने सहभागी नहुने भएका छन्। विधान विपरीत काम गरिरहेकाले ओलीले डाकेको बैठकमा आफूहरू सहभागी नहुने माधव पक्षका एक नेताले बताए ।

पछिल्लो समय एमालेमा आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ । कर्णाली प्रदेशमा नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गर्दै माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सत्ता जोगाइदिएपछि ओली समूह क्रुद्ध बन्दै आएको छ ।

नेपाल समूहले भने कर्णालीको घटना अरू प्रदेश र केन्द्रमा पनि दोहोरिन सक्ने बताउँदै आएको छ । ओलीले नेता नेपालसहित उनी पक्षीय केही नेताहरूलाई पार्टीबाट निलम्बन गरी सकेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७८ सोमबार ००:००  ९ : २३ बजे