३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

माधव समूहका विष्णु रिजाल बालुवाटारको बैठकमा गए



काठमाडौँ ।
नेकपा एमालेको केन्द्रीय कमिटि बैठक बालुवाटारमा बस्दै छ। बैठकमा एमालेको माधव नेपाल समूह सहभागी छैन। तर माधव समूहमा रहेका नेता विष्णु रिजाल भने बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्।

रिजाल नेकपा हुँदा प्रधानमन्त्री ओलीका कट्टर आलोचक थिए। तर पछिल्ला दिनमा केपी ओलीप्रति उनका फेरिएका धारणाहरु सार्वजनिक हुँदै आएका छन्।

प्रकाशित मिति : ६ बैशाख २०७८ सोमबार ००:००  २ : १४ बजे