२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मनकामना स्मार्ट लघुवित्तको आइपिओ खुल्यो



काठमाडौं ।

मनकामना स्मार्ट लघुवित्तको प्राथमिक सेयर (आइपिओ) खुलेको छ। लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको यस लघुवित्तको प्रधान कार्यालय भैरहवामा छ। कम्पनीको आइपिओमा छिटोमा असार २१ गतेसम्म बिक्री खुल्ला हुनेछ। कम्पनीले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुने कुल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

जसमध्ये ६ हजार ५८ कर्मचारीका लागि र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। कम्पनीको आइपिओलाई इक्रा नेपालले डबल बी माइनस रेटिङ प्रदान गरेको छ।

कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ६७.८९ प्रतिशत रहनेछ। कम्पनीको आइपिओमा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। त्यस्तै सिडिएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिनेछ। प्रतिसेयर अंकित मूल्य १ सयका दरले न्यूनतम १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा छ। त्यस्तै प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८८ पैसा छ। २०७८-७९ मा कम्पनीको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ हुने अनुमान छ।

प्रकाशित मिति : १७ असार २०७८ बिहिबार ००:००  १ : ४७ बजे