मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुका कृष्ण गिरी कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका निवासी गिरीलाई संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।काठमाडौंमा एक कार्यक्रमका बीच उनलाई नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय सदस्यमा मनोनित गरेको पत्र दिएका थिए ।…