बाबुराम रायमाझी, जितपुर । वातावरणमैत्री सार्वजनिक यातायात प्रणालीको प्रवर्द्धन गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. बुटवलबाट सञ्चालनमा ल्याइएको नयाँ इभी (इलेक्ट्रिक) गाडी सेवा वाणगंगा नगरपालिका–९, भर्लाबासदेखि औपचारिक रुपमा सुरू गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि रहेका पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सांसद बिस्नु पन्थीले एक भव्य समारोहबीच रिबन काटी सेवा शुभारम्भ गरे। कार्यक्रममा बोल्दै सांसद…