५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौं । कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका १ बैरियाका गंगाराम थारुलाई बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।प्रकाश थारुको लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा खानतलासी गर्दा गंगारामको घरमा बन्दुक फेला परेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।