काठमाण्डौ । डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । यस्तै ६ जना घाइते भएका छन् । नवदुर्गा गाउँपालिका–५ को ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामका लागि छुटेको से १ ज ७३८ नम्बरको जीप आज बिहान सडकबाट पल्टिँदा चार जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले उज्यालोलाई जानकारी दिनुभयो ।…