७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

नेपालबाट भागेका १२ जना कैदी भारत पस्न खोज्दा पक्राउ

लखनउ ।नेपालका विभिन्न कारागारबाट भागेका १२ जना कैदीलाई भारत प्रवेश गर्न खोज्दा उत्तर प्रदेशबाट भारतीय सुरक्षाकर्मीहरूले पक्राउ गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यी गिरफ्तारीहरू दुई छुट्टाछुट्टै स्थानबाट भएका छन्। सिद्धार्थनगरबाट आठ जना र महाराजगन्ज जिल्लाको सोनौली सीमा नजिकबाट चार जना पक्राउ परेका हुन्। सिद्धार्थनगरमा पक्राउ परेकामध्ये पाँच जना भारतीय र तीन जना नेपाली नागरिक छन्।…