काठमाण्डौ । बाढीपहिरोका कारण विभिन्न छ ठाउँका सडक अवरुद्ध भएका छन् । कोशी र मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका ५ र हिलिहाङ गाउँपालिका ७ को हेवाखोलामा…