काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण ती प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मनसुनी वायुको प्रभाव र दक्षिणी भू-भाग नजिक…