६ असार २०८३, शनिबार | Sat Jun 20 2026

नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द, पहिरो हटाउने काम हुँदै



काठमाण्डौ ।

नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । गएराति १० बजे यो सडक खण्ड अन्तर्गतको चितवनको सेती दोभानमा ठूलो पहिरो खस्दा सडक बन्द भएको हो। उज्यालो भएसँगै डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरो खसिरहेकाले हटाउन समय लाग्ने छ । पानी परिरहेकाले सडकमाथिबाट लेदो माटोसहितको पहिरो खसिरहेको उहाँले बताउनुभयो । यस्तै, मुग्लिङ(नारायणगढ सडक खण्डका अन्य केही ठाउँमा पनि स–साना पहिरो गएको छ । ती ठाउँमा खसेको पहिरो भने हटाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७८ आइतबार ००:००  ७ : ५६ बजे