एजेन्सी ।संयुक्त राज्य अमेरिकाले सिरियामा रहेको इरानसमर्थित मिलिसियाको अखडामा हवाई हमला गरेको छ।समाचार संस्था रोयटर्सका अनुसार बिहीबार राष्ट्रपति जो बाइडेनको अनुमतिपछि उक्त हमला गरिएको हो।अघिल्लो साता अमेरिकी सेनाको इराकस्थित बेसमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारबाहीस्वरूप बिहीबारको हमला भएको बताइएको छ। गत साताको आक्रमणविरूद्ध अमेरिकाको यो पहिलो जवाफी हमला भएपनि कम क्षति हुने र तनाव…