८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पुटिनका भ्रष्टाचार विरोधी नेता नाभाल्नीलाई अज्ञात स्थानमा लगियो



एजेन्सी ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर एक अज्ञात ठाउँमा लगिएको छ।

नाभाल्नीका सहयोगीका अनुसार उनलाई कहाँ लगिएको हो भन्नेबारे केही जानकारी दिइएको छैन। यहि महिनाको सुरुमा उनलाई भ्रष्टाचारको अभियोगमा जेल पठाइएको थियो।

उनलाई दोषी ठहर गर्ने आदेशलाई राजनीतिक प्रतिशोध भनिएको थियो। नाभाल्नी राष्ट्रपति पुटिनका कडा आलोचक हुन्।

अघिल्लो वर्ष उनलाई साइबेरियामा जहर दिइएको थियो र एक स्वतन्त्र अनुसन्धानका क्रममा रुसका सुरक्षा एजेन्टको एक टिमले उनको हत्याको प्रयास गरेको खुलेको थियो।

बेहोस अवस्थामै उनलाई जर्मनी लगिएको थियो जहाँ उपचारपछि उनी निको भएका थिए। यसै वर्षको जनवरीमा रुस फर्केका उनलाई विमानस्थलबाटै गिरफ्तार गरिएको थियो।

रुसको एक अदालतले उनलाई तीन वर्षको कैद सजाय सुनाएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७ शुक्रबार ००:००  ७ : ४६ बजे