१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

केदारनाथले लंच गर्यो बजाज RE BS6 (FI इन्जिन) अटो रिक्सा, के छन् विशेषता ?




मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ वैरियास्थित केदारनाथ ट्रेडर्सले नयाँ अटो रिक्सा सार्वजनिक गरेको छ । एक कार्यक्रमको आयोजना गरी संचालकद्धय टेकनाथ पाठक र बिनोद पाठकले अटो रिक्सा (तिन पाङ्ग्रे) सार्वजनिक गर्नुभएको हो ।

अधिक शक्तिशाली २३६ सिसि एफआइ इन्जिन भएको सो अटोरिक्सा स्वदेशमै केही गर्नेहरुको लागि निकै उपयोगी भएको ट्रेडर्सका प्रबन्धक टेकनाथ पाठकले कार्यक्रममा बताउनु भयो । बजाजका अरु अटो पनि उत्तिकै प्रभावकारी भए पनि यो मोडलको अटो विशेष रहेको बताउँदै कमाइको दृष्टिले पनि आत्मनिर्भरताको लागि निकै उपयोगी रहेको उहाँको भनाई छ ।

बजाज शोरुमका प्रवन्धक विनोद पाठकले यो अटो खरिदपछि संचालकले डब्बल आम्दानी गर्ने बताउनु भयो । देशभर यसमा आकर्षण बढेको बताउँदै लंचको अवसरमा खरिद गर्नेलाई विशेष छुट रहेको जानकारी दिनुभयो । ट्रेडर्सका सेल्स इन्चार्ज बालकृष्ण राकसले यसका फिचरको बारेमा बताउनु भएको थियो ।

No description available.


यस्ता छन् विशेषता
२३६ सिसिको एफआई इन्जिन (जस्तोसुकै चिसोमा पनि सजिलै स्टार्ट)
नयाँ बडि र डिजाइन
स्पष्ट देखिने हेडलाइट(राति चलाउन सकिने)
अझ धेरै पावर र माइलेज
एमपिथ्री र रेडियो
नयाँ डिजाइनको इन्जिन कभर
प्यासेन्जरको सुरक्षाको लागि बार
अझै धेरै तानशक्ति
नयाँ स्टाइलिस ड्रास बोर्ड
ठुलो ऐना
उत्कृष्ट फिनिसिङ
नयाँ डिजाइन
नयाँ हुडको साथ पारदर्शी झ्याल
उज्यालो प्यासेञ्जर बस्ने ठाउँ
मुल्य ५ लाख ६४ हजार ९ सय

प्रकाशित मिति : १३ फाल्गुन २०७७ बिहिबार ००:००  ७ : ३५ बजे