१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

कालीगण्डकी करिडोरमा कार्यरत ५ मजदुरको सुख्खा पहिरोमा पुरिएर मृत्यु

कावासोती । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो । सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला आज साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लका अनुसार मृत्यु हुनेहरु सबै बुलिङटार–४ का…