काठमाडौं । साउनको दोस्रो सातासम्म आईपुग्दा देशभरको रोपाइँको अवस्था राम्रो रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । देशभर कुल १३ लाख ७१ हजार ७०६ हेक्टर रोपाइँ योग्य भूमिमध्ये १२ लाख ५७ हजार ६०७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। हरिबहादुर केसीले जानकारी दिए । देशभरको उच्च पहाडमा धान खेती…