एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डनले टेलिभिजनमा अन्र्तवार्ता दिँदादिँदै भुकम्प गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान ८ बजे (नेपाली समय अनुसार सोमबार बिहान पौने दुई बजे) ज्यासिन्डा प्रत्यक्ष टेलिभिजन अन्तर्वार्तामा रहेका बेला ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो । न्यूजिल्याण्डको उत्तर आइल्याण्डमा भूकम्प गएको हो ।तर पनि ज्यासिन्डा भने शान्त रहिरहिन् । उनी अत्तालिइनन्…