कानपुर । भारतको कानपुरमा केही अपराधीलाई पक्राउ गर्नेक्रममा भएको मुठभेडमा डीसीपीसहित आठजना प्रहरीको मृत्यु भएको छ । अपराधीले अन्धाधुन्ध गोली चलाउँदा आठ प्रहरीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् । राज्यका प्रहरी महानिर्देशक हितेश चन्द्र अवस्थीले भने, कानपुरका एक अपराधीलाई…