रसुवा ।कोरोना भाइरसको जोखिम कायमै रहेपछि यो वर्ष गोसाइँकुण्ड मेला नहुने भएको छ । हरेक वर्ष जनैपूर्णिमाको अवसरमा हुँदै आएको मेला यो वर्ष नहुने भएको हो । मेला व्यवस्थापन गर्दै आएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले कोरोना भाइरसको जोखिम रहेको, सरकारले मेला नगर्न आग्रह गरेको, सार्वजनिक यातायात सञ्चालन नभएको, पदमार्गमा रहेका होटल पूर्णरूपमा सञ्चालनमा नआएका जस्ता…