मायादेवी अनलाइन, बुद्धभूमि । गत चैत्र ११ गतेदेखिको लकडाउनका कारण मर्कामा परेका विपन्न, गरिव तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर ५ ले वडाका गरिव तथा विपन्न परिवारलाई विभिन्न खाद्यान्न सामग्री वितरण गरेको हो । अहिलेसम्म वडा भित्रका १ सय ५० बढीलाई खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष बेचनप्रसाद यादवले जानकारी दिनुभयो…