राम प्रघट कोरी, विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा ४५ जना मध्ये ३० जनामा सोमवार पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । जेठ २ गते ४५ जनामा पिसीआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएको थियो । जसमा ३० जना व्यक्तिको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ…