१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

बहराइनमा थप २७ जना नेपालीमा कोरोना, सङ्क्रमित सङ्ख्या पुग्यो ४९

काठमाण्डौ । बहराइनमा थप २७ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । यो सँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । यसअघि बहराइनमा २२ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार यसअघि सङ्क्रमित २२ जना नेपालीको अवस्था सुधारोन्मुख रहेको छ ।…