काठमाण्डौँ । राष्ट्रिय विभूति, समाजसुधारक फाल्गुनन्द लिङ्देनको १३५औं जन्मजयन्ती किरात धर्मावलम्बीले विविध कार्यक्रम गरी मनाउँदैछन् । फाल्गुनन्दले २४ बैशाख १९८८ मा पाँचथरको फिदिम नगरपालिका–६, चोकमागुस्थित लब्रेकुटीमा तत्कालीन दश लिम्बू सत्र थुमका व्यक्तित्व भेला गराई किरात समाज सुधारका लागि सात बुँदे सत्यधर्म मुचुल्काको घोषणा गरेका थिए । सो सत्यधर्म मुचुल्कालाई किरात समाज सुधारको क्षेत्रमा हालसम्मकै महत्वपूर्ण…