काठमाडौं । स्वास्थ्य उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत जाने भएका छन् । नेता पौडेलले स्वास्थ्य उपचारका लागि आफू आज भारत जान लागेको जानकारी दिए । आफूले उपचारका क्रममा भारतमा तीन दिन विताउने उनको भनाइ छ । स्वास्थ्यमा के समस्या छ भन्ने बारे चाँही उनले केही बताएनन् ।