४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ

काठमाण्डौ । काठमाण्डौको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । सोमबार बिहान बौद्धको नयाँबस्तीबाट पक्राउ परेका उनीहरुको नाम भने खुलाइएको छैन । पक्राउ परेकाको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको काठमाण्डौ प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।