पर्सा । पर्साको छिपहरमाई र कालिकामाई गाउँपालिकाको दुई ठाउँमा मंगलबार बिहान आगलागी हुँदा लाखौैंको क्षति भएको छ। छिपहरमाई–१, भिर्जापुरका चनजित महतो कोइरी र कालिकामाई–३ हरिहरपुर बिर्ताका राधेश्याम गोढको घरमा बिहान आगलागी भएको इलाका प्रहरी कार्यालय पोखरियाका विनोद रानाले जानकारी दिए। कोइरी र गोढको घरमा आगलागी हुँदा धान चामल र केही मोटरसाइकल जलेर नष्ट भएको छ।…